मनोरञ्जन

सलमानको शिकार मामिला पुनः व्युतिदै

सलमानको शिकार मामिला पुनः व्युतिदै
कात्तिक–२६ । केयौँ वर्ष अगाडि सलमानसँग जोडिएको कृष्णसार शिकार मामिलामा राजस्थान सरकारको निवेदनलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ । गत जुलाईमा जोधपुरको उच्च अदालतले सलमानको पक्षमा निर्णय गरेको उक्त मामिला सन् १९९८ को २६ सेप्टेम्बरमा जोधपुरको सुदूर क्षेत्र भावडमा कृष्णसारको अवैध शिकार गरेको आरोपमा सलमानसहित ७ आरोपीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । सलमान खानविरुद्ध लामो समयदेखि स्थगित कृष्णसार शिकार मामिला अदालतमा पुनः व्युतिने भएको छ । ‘हम साथ साथ हे’ फिल्मको सुटिङको क्रममा राज्य सरकारले अवैधानिक मानिएको कृष्णसारको शिकारका आरोपमा उनी पक्राउ परेका थिए । यो मुद्धामा उनले केही दिन जेलमा पनि बस्नु परेको थियो । उनलाई जिल्ला अदालतले हरिण र कृष्णसारको भिन्न–भिन्न अवैध शिकार गरेको आरोपमा १ वर्ष र ५ वर्ष गरि कूल ६ वर्षको जेल सजाय तोके तापनि निर्णयलाई उच्च अदालतले उल्ट्याएको थियो ।

salaman khan Salmankhan

विशेष