खेल

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मङ्सिर १६ देखि

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मङ्सिर १६ देखि
कात्तिक - २६ । नेपाल भलिबल सङ्घको आयोजनामा आगामी मङ्सिरमा पाँचौँ राष्ट्रिय महिला तथा छैटौँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपालमै पहिलोपटक प्राकृतिक स्थल काभ्रे जिल्लाको दोलालघाटस्थित सुनकोसी नदी किनारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीको सहभागिता रहने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मङ्सिर १६ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु १२ लाख ५० हजार लाग्ने आयोजकको भनाइ छ । प्रतियोगिताका महिला÷पुरुष दुवै विजेता टोलीले रु २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताका दुवै टिमले रु १५ हजार पाउनेछन् । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपाल भलिबल सङ्घले प्रतियोगिताको व्यवस्थापन गर्ने काभ्रे जिल्ला भलिबल सङ्घलाई रु एक लाख २५ हजार नगदसहित बल र नेट उपलब्ध गराउने भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमन शर्माले जानकारी दिए । काभ्रे जिल्ला भलिबल सङ्घले खेलाडीको बसोबासका साथै खाना र यातायातको सम्पूर्ण सुविधा व्यहोर्ने काभ्रे जिल्ला भलिबल सङ्घका अध्यक्ष एवम् प्रतियोगिता संयोजक तीर्थ श्रेष्ठले बताए ।

football voalleyball Woman and man football and voalleyball

विशेष