समाज

नेपालको यस्ता गाउँ जहाँ ‘लभ म्यारिज’ मात्रै हुन्छ

नेपालको यस्ता गाउँ जहाँ ‘लभ म्यारिज’ मात्रै हुन्छ

gorkha-kashi-gau

कात्तिक–२७ । गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुसी छन् । विजय घले र सिर्जना घलेको जोडि पनि यही वर्ष विवाहसम्बन्धमा बाँधियो । उनीहरुको पनि लामो समयसम्मको प्रेम हालै विवाहमा बदलियो ।

नायाँ पुस्ताको यो जोडीको मात्र मायाप्रीति झाँगिएर विवाह भएको होइन । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो । गोरखाका उत्तरी भेग काशीगाउँ, केरौँजा र आसपासका गाविसका बसोबार गर्ने सबै युवायुवतीको विवाह मायप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।

‘यहाँ तीन जात, तीन धर्म छ,’ बुद्धिमान घले भन्छन्,‘बौद्ध, हिन्दु र क्रिष्टियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो– पहिले मायाप्रेम अनि विवाह ।’ कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विवाह हुन्छ, कसैको ५–६ वर्षपछि । अधिकांश विवाह परिवारले स्वीकार गर्छन् । पछि समायोजन हुँदै जान्छ । –अन्नपूर्ण पोस्ट्बाट

विशेष