खेल

नेपालको आजको भिडन्त लाओससँग

नेपालको आजको भिडन्त लाओससँग
Nepal’s Nawayug Shrestha vies for the ball with his Brunei opponent during the Group A match of the AFC Solidarity Cup at the Sarawak Stadium in Kuching, Malaysia on Tuesday, November 8, 2016. Photo: THT कात्तिक–२७ । नेपालले शनिबार एसियाली फुटबल महासंघ (एएफसी) सोलिडारिटी कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा लाओसँग मैदानमा उत्रिदै छ । समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’को उपविजेता लाओस बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहने अपेक्षा गरिएको छ । मलेसियाको कुचिङस्थित नेगरी स्टेडियममा यी दुई टोली फाइनलको लागि भिड्ने छन् ।

नेपाल र लाओस यसअघि एक पटक मात्र मैदानमा भिडेका थिए । गत २९ मेमा लाओसकै मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टोलीले १–१ को बराबरी खेलेको थियो । तर फिफा ¥याङकण्मा हेर्ने हो भने लाओस नेपाल भन्दा पनि माथि रहेको छ । नेपाल १८६ स्थानमा छ भने लाओस ११ स्थान माथि १७५ स्थानमा छ ।

हेपिएको प्रतियोगिता भनिएको सोलिडारिटी कपमा नेपाललाई पहिलेदेखि नै उपाधिको दाबेदारी मानिएको थियो । तर शनिबार हुने खेलमा नेपालले जित हात पार्न भने मिहिनेत गर्नुपर्ने छ ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातोकु कोजी लाओसँगको प्रतिस्पर्धाको लागि टोली तयार रहेको बताउँछन् । नेपालको शुक्रबारको प्रशिक्षण वर्षात्ले प्रभावित भएको थियो । तर खेलाडीहरु पनि सेमिफाइनललाई लिएर उत्साहित भएका सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् ।

खेल नेपाली समय अनुसार दिउँसोको २ ः१५ मा नेगेरी स्टेडियममा हुनेछ । यस्तै मकाउ र ब्रुनाईपनि आजै साँझ ५ः १५ बजे सरावत स्टेडियममा भिड्दै छ ।

विशेष