विश्वकपका लागि रुसले तयार पारेको विशालकाय स्टेडियम यस्ता छन्
एजेन्सी– रुसमा हुने विश्वकप २०१८ को लागि विभिन्न चरणको छनौट खेलहरु भइरहेका छन् । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने गर्छ । यसका लागि आयोजक र छनौट हुन राष्ट्रहरु अगाडि देखिनै तयारीमा हुन्छन् । त्यसैबीचमा अहिले छनौट प्रक्रिया चलिरहेको छ । छनौट चरणले विश्वकप खेल्ने ३१ वटा टोलीको निर्धारण गर्नेछ । विश्वकपको इतिहासमा पहिलो पटक सबै फिफामा आबद्ध राष्ट्रहरुले छनौट चरणको लागि रजिष्टर गरेका थिए । जसमध्ये कति बाहिरिए भने कति अझै छनौट खेल खेल्दै छन् । रुसले पनि आयोजक भएर खेल खेलाउन स्टेडिएमको तयारी गर्दैछ । रुसले १६ वटा स्टेडिएममा विश्वकप खेलाउने छ । खेलको उद्घाटन र फाइनल सबैभन्दा धेरै दर्शक अटाउने लुझिनिकी स्टेडिएममा गरिनेछ । जसमा ८१ हजार दर्शक क्षमता रहेको छ भने ८९,३१८ सम्म बनाउने तयारी भइरहेको छ । सबैभन्दा थोरै दर्शक अटाउने भने स्पार्टक स्टेडिएम रहेको छ । उक्त स्टेडिएममा ४२,००० दर्शकमात्र अटाउँछन् ।
अन्य स्टेडियमहरु यस्ता छन्ः

१. मस्कोको स्टेडिएम क्षमताः ४४,२५७ सिट ।

२. रोष्टोभ अन् डनस्थित ५२ हेक्टरमा फैलिएको स्टेडिएम ।

३. क्र्यासनोडरमा रहेको ५०,०१५ दर्शक अटाउने स्टेडियम ।

४. सामारामा रहेको ४४,९१८ दर्शक अटाउने स्टेडियम ।

५. स्पार्टक स्टेडिएम, (मस्को) ४२,००० दर्शक क्षमता ।

६. डाइनामो स्टेडिएम (मस्को) ४४९२० दर्शकको क्षमता ।

७. सेन्ट पेटर्सबर्गमा रहेको स्टेडियम । ६०,००० दर्शक क्षमता ।

८. एकाटेरिनर्बग, ४४,१३० दर्शक क्षमता ।

९. कजान, दर्शक क्षमताः ४५,०१५ ।

१०. भोल्गोगार्ड, दर्शक क्षमताः ४५,०१५ ।

११. यारोस्ल्याभल्, दर्शक क्षमताः ४४,०४२ ।

१२. सोची, दर्शक क्षमताः ४७,६५९ ।

१३. कालिनिन्ग्राड, दर्शक क्षमताः ४५,०१५ ।

१४. निज्नी नोभगोरोड, दर्शक क्षमताः ४४,८९९ ।

१५. लुझिनिकी स्टेडिएम, (मस्को) ८९,३१८ दर्शक क्षमता ।

१६. सारान्सक, दर्शक क्षमताः ४५,००० ।