नेपाल र लाअाेसबीच भइरहेकाे खेल
कात्तिक २७ । नेपाल र लाअाेसबीच खेल भइरहेकाे छ । नेपालले शनिबार एसियाली फुटबल महासंघ (एएफसी) सोलिडारिटी कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा लाओसँग खेल्न लागेकाे हाे ।
समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’को उपविजेता लाओस बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहने अपेक्षा गरिएको छ । मलेसियाको कुचिङस्थित नेगरी स्टेडियममा यी दुई टोली फाइनलको लागि भिड्ने छन् ।
नेपाल र लाओस यसअघि एक पटक मात्र मैदानमा भिडेका थिए । गत २९ मेमा लाओसकै मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टोलीले १–१ को बराबरी खेलेको थियो । तर फिफा र्याङकमा हेर्ने हो भने लाओस नेपाल भन्दा पनि माथि रहेको छ । नेपाल १८६ स्थानमा छ भने लाओस ११ स्थान माथि १७५ स्थानमा छ ।
हेपिएको प्रतियोगिता भनिएको सोलिडारिटी कपमा नेपाललाई पहिलेदेखि नै उपाधिको दाबेदारी मानिएको थियो । तर शनिबार हुने खेलमा नेपालले जित हात पार्न भने मिहिनेत गर्नुपर्ने छ ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातोकु कोजी लाओसँगको प्रतिस्पर्धाको लागि टोली तयार रहेको बताउँछन् । नेपालको शुक्रबारको प्रशिक्षण वर्षात्ले प्रभावित भएको थियो । तर खेलाडीहरु पनि सेमिफाइनललाई लिएर उत्साहित भएका सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् ।
खेल नेपाली समय अनुसार दिउँसोको २ : १५ बाट नेगेरी स्टेडियममा सुरु भएकाे हाे । यस्तै मकाउ र ब्रुनाईपनि आजै साँझ ५ः १५ बजे सरावत स्टेडियममा भिड्दै छ ।
nepal vs lawos
soladirity cup