अटो रिक्सा र टेम्पो चालकलाई प्रशिक्षण
कात्तिक २७ । दाङमा अटो रिक्सा, टेम्पो चालकलाई प्रशिक्षण दिइएको छ । बढ्दो अटो र टेम्पोको चापसँगै उनीहरुलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले शनिबार प्रशिक्षण दिएको हो ।
दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमकाबारेमा ट्राफिक प्रहरीले एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरीएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्री केसीले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम, रिक्सा, टेम्पो चलाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा अटो रिक्सा श्रमिक सङ्घका अध्यक्ष गमरचन्द्र रोकाले आफ्नो अधिकार प्रयोग गर्दा कर्तव्यलाई पनि नभुल्न आग्रह गरे । प्रशिक्षण कार्यक्रममा दुईसय बढी अटो चालकको सहभागिता रहेको थियो ।
auto riksha
chalak
prakshin
Tempo