देश

आचारसंहितासम्बन्धी अन्तक्रिया कार्यक्रमको आयोजना

आचारसंहितासम्बन्धी अन्तक्रिया कार्यक्रमको आयोजना
कात्तिक - २७ । विराटनगरमा प्रेस काउन्सिल नेपालले शनिबार ‘पत्रकार आचारसंहिता–०७३’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रममा पत्रकार आचारसंहिताको परिधिभित्र बसेर पत्रकारिता गर्नुपर्ने, पत्रकारले आचारसंहितालाई पालना गर्नुपर्ने, पित पत्रकारिता नगर्ने, सामाजिक सद्भाव र राष्ट्रियतामा आँच नआउने खालका पत्रकारितामाथि विशेष जोड दिनुपर्ने आवश्यकता औल्याएको थियो । त्यस्तै व्यवहार अर्मादित व्यवहार प्रस्तुत गर्ने प्रेस काउन्सिलका कर्मचारी आचारसंहितामा बस्नुपर्ने र प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरणलाई अझ बढी निष्पक्ष, पारदर्शी र व्यवहारिक बनाई यसलाई समयमै सार्वजनिक गर्नुपर्नेलगायत सुझाव सहभागी पत्रकारले दिएका छन् । सो अबसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रलाई बढी उत्तरदायी र जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै जारी गरिएको आचारसंहिताले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिताका विषयमा प्रकाश पार्दै पत्रकारको पेसागत अधिकार चुनौतीपूर्ण रहेको बताए । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रेस काउन्सिलका उपप्रशासकीय अधिकृत मानव लामिछानेले पत्रकारिताको अबसर, उपयोगिता र चुनौतीको बिबिध पक्षमाथि प्रकाश पारे ।

Press Council Nepal

विशेष