मनोरञ्जन

छक्कापञ्जा हेर्न युएईमा पनि दर्शकको भिड

छक्कापञ्जा हेर्न युएईमा पनि दर्शकको भिड
कात्तिक - २७ ।  नेपाली चलचित्र क्षेत्रमै अत्याधिक व्यापार गर्न सफल चलचित्र 'छक्कापञ्जा'ले आवुधावि युएई नेपाली सिनेमा पनि तहलका मच्चाएको छ । छक्कापञ्जाको शुक्रवारको पहिलो शो युएईको आवुधावि मुसफामा रहेको अलसफिर मल सिनेमाहलमा 'छक्कापञ्जा' हाउसफुल भएको हो । हल हाउसफुल भएपछि टिकट नपाएर आधाभन्दा धेरै दर्शक निरास हुदै फर्किएका छन् । नेपाली चलचित्रमध्ये उच्चकमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा शुक्रबारबाट लागेको हो । शनिवार पनि दर्शकहरुले हेर्न पाउने 'छक्कापञ्जा' चलचित्र आज ११ नोभेम्बरमा युएईको दुबइ, अबुधाबी, अजमान, रसअलखेमा, फुजेराह लगायत ठाउँका विभिन्न सिनेमा हलमा प्रदर्शन भएको थियो । युएईका स्थानीय वितरकसँग सहकार्यगरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा यश अघि अक्टोबर १४ मा नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक नेपाली दर्शकहरुले हेर्न पाएका थिए । युएईमा वैधानिक रुपमा प्रदर्शन भएको पहिलो र दोस्रो चलचित्रले पाएको सफलतासँगै आफू उत्साहित बनेको वितरक सालिक सुवेदिले जानकारी दिए । चलचित्रलाई कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा रहेका नेपाली माझ चलचित्र पर्दशनमा ल्याएको हो । बैदेशिक रोजगारीका लागि करिव दुई लाखको हाराहारिमा नेपालिहरु युएईमा कार्यरत छन । देश बाहिर रहेर पनि आफ्नो भाषाको चलचित्र हेर्न पाउँदा आफूहरु निकै खुसी रहेको नवलपरासी भुमहिका माधव न्यौपानेले हामिसग खुसि व्यक्त गरे । यसको साथै नेपाली चलचित्रको व्यापार खाडिमुलुकमा समेत विस्तार भएको छ । दीपाश्री निरौलाद्वारा निर्देशित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ । चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आमनेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ । – शिवलाल भुसाल

Chhakka Panja UAE

विशेष