सोलिडारिटी कपमा नेपाल र लाओस बराबरीमा खेल्दै
कात्तिक–२७ । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) सोलिडारिटी कप फुटबल प्रतियोगितामा अग्रता लिएको छ । नेपाल लाओस २–२ काे बराबरीमा खलिरहेका छन् । लाओससँग बराबरीमा रहेको नेपालले पाएको अतिरिक्त समयलाई सदुपयोग गर्दै १ गोल थप गरेको थियाे त्यसकाे लगत्तै लाअाेसले पनि १ गाेल थप गर्याे ।
निर्धारित २ बजेर १५ बाट सुरु भएको खेलमा लाओसले खेलको १८ मिनेटमा १ गोल हानेको थियो । सुरुमा दवावमा खेलिरहेको नेपालले खेलको ४६ मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै खेल बराबरीमा पारेका थिए । त्यसपछिको समयमा निकै आक्रामक रुपमा प्रस्तुत भए पनि खेलको १०४ मिनेटमा नेपालका अनन्त तामाङले हेडिङबाट गोल गरेका थिए । लाअाेसले अतिरिक्त समयमा अर्काे गाेल थप गरेकाे छ ।
हेपिएको प्रतियोगिता भनिएको सोलिडारिटी कपमा नेपाललाई पहिलेदेखि नै उपाधिको दाबेदारी मानिएको थियो
समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’को उपविजेता लाओस बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो । मलेसियाको कुचिङस्थित नेगरी स्टेडियममा यी दुई टोली फाइनलको लागि भिडेका हुन् ।
नेपाल र लाओस यसअघि एक पटक मात्र मैदानमा भिडेका थिए । गत २९ मेमा लाओसकै मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टोलीले १–१ को बराबरी खेलेको थियो । तर फिफा र्याङकण्मा हेर्ने हो भने लाओस नेपालभन्दा पनि माथि रहेको छ । नेपाल १८६ स्थानमा छ भने लाओस ११ स्थान माथि १७५ स्थानमा छ ।
नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातोकु कोजी लाओसँगको प्रतिस्पर्धाको लागि टोली तयार रहेको बताउँछन् । नेपालको शुक्रबारको प्रशिक्षण वर्षातले प्रभावित भएको थियो । तर खेलाडीहरु पनि सेमिफाइनललाई लिएर उत्साहित भएका सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् ।
यस्तै मकाउ र ब्रुनाईपनि आजै साँझ ५ः १५ बजे सरावत स्टेडियममा भिड्दै छ ।
fainal ma prabesh
nepali football
solidarity cup football