मनोरञ्जन

कता हराए यी मिस नेपाल बनेका चर्चित अनुहार ?

कता हराए यी मिस नेपाल बनेका चर्चित अनुहार ?

 

नेपालको इतिहासलाई केलाएर हेर्दा नेपालमा सुन्दरी प्रतियोगिताले भर्खरै २२ औँ बसन्त पारे गरेर चढ्दो जवानीमा प्रवेश गर्दै छ । नेपालमा मिस नेपालको ट्रेण्ड सन् १९९४ देखि भित्रिएको हो । यसबीचमा २१ सुन्दरीहरुले आफ्नो क्षमता प्रदर्शन गरेर । केही समय दर्शक, स्रोता र पाठकहरुको ध्यान खिच्न सफल भए । ति सबैले नेपाल सुन्दरीको ताज पहिरिए । नेपाललाई विश्वभर चिनाउने वाचा गरे । तर, कालान्तरमा एकाएक हराए । अहिलेसम्म धेरै मिस नेपाल मिस नेपालको इतिहासमा तारासरी उदाए र छिनमै हराएर गए । मिस नेपाल हुँदा व्यापक रुपमा सञ्चार माध्यममा छाएकाहरुको अहिले अत्तोपत्तो नै छैन । केही मिस नेपालले भने ग्लामरको क्षेत्रमा रहेर आफ्नो नामलाई यथास्थानमा राख्न सफल भए । अहिलेसम्म मिडियामा चम्केका र हराएका मिस नेपाल यस्ता छन् ।

रुबी राण — बिरगञ्जकी रुबी राणले सन् १९९४को पहिलो मिस नेपाल प्रतियोगीताको ताज पहिरिइन् । उनले पहिलो प्रतियोगीताको फाइनलमा २१ प्रतिस्पर्धीलाई उछिन्न सफल भएकी थिइन् । त्यतिबेला उनको उमेर २० वर्षको थियो । मिस नेपाल भएपछि केही समय अभिनय र मोडलिङमा सक्रिय रहिन् । उनको अभिनय र मोडलिङ क्षेत्रतर्फको सक्रियता धेरै समय टिक्कन सेकेन । यस क्षेत्रलाई निरन्तरता दिन नसकेपछि उनले ब्यूटिसियनको पेशा अँगालिन् ।

सुमी श्रेष्ठ — काठमाडौँकी सुमी श्रेष्ठले २१ वर्षकै उमेरमा मिस नेपालको उपाधि जितिन् । ताज पहिरिएलगत्तै उनले पनि अभिनयको क्षेत्रमा हात हालिन् । अभिनेता भूवन केसीले उनलाई आफ्नो फिल्म सुपरस्टारमा नायिका बनाए । तर, सुमीले पनि आफ्नो अभिनयमा सजिलै हाम फालिन त्यसरी ग्याल्यमर क्षेत्रमा जमेर काम गर्न सकिनन् । अहिले भने उनी एयर होस्टेसको रुपमा कार्यरत छिन् ।

पुनम घिमिरे — नेपाली सबैभन्दा कान्छी मिस नेपाल हुन् पुनम घिमिरे । १६ वर्षको उमेरमा नै पुनमले मिस नेपालको ताज पाउन सफल भइन् । पेशाले नर्स पुनम घिमिरेले सन् १९९६ को मिस नेपालमा बाजी मरेकी हुन् । उनी काठमाडौँकी एक स्थायी बासिन्दा हुन् । मिस नेपल भएको तीन वर्षपछि नै अमेरिका भाँसिएकी पुनम अहिले पनि अमेरिकामै गुमनाम भएर बसिरहेकी छिन् । निलिमा गुरुङ — निलिमा गुरुङ मिस नेपालको ताज पहिरिन सफल पहिलो जनजाती सुन्दरीमा पर्छिन् । १९९७ मा भएको मिस नेपाल प्रतियोगितामा पोखराकी निलिमाले १९ वर्षको उमेरमा मिस नेपालको ताज पहिरिएकी हुन् । मिस नेपाल भएपछि केही म्यूजिक भिडियोहरुमा काम गरेकी निलिमा विवाहपछि एकाएक बेखबर भइन् । अहिले उनी यू के मा बस्दै आएको बताइन्छ ।

झरना बज्रचार्य — निलिमा मिस नेपाल भएकै वर्ष घोषणा गरिएको अर्को प्रतियोगितामा झरना मिस वल्र्ड नेपाल भइन् । मिस नेपाल भएपछि झरनाले म्यूजिक भिडियो र चलचित्रबाट नाम कमाइन् । उनले अभिनय गरेको एक ‘लभ इन नेपाल’ नामक हिन्दी चलचित्रमा अभिनय गरेपछि उनको चर्चा अझ चुलिएको थियो । उनी पछिल्लो समय योगा र शिक्षक बनेकी छिन् । हालै छोरालाई जन्म दिएकी झरनाले बेलायती नागरीकसँग इन्गेजमेन्ट गरेर विवाह नै नगरी सम्बन्ध तोडिन् । पछि उनले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग प्रेम विवाह गरिन् । ज्योती प्रधान — सन् १९९८मा मिस नेपाल भएकी ज्योती प्रधानले आफ्नो ताज सुरक्षित राख्न सकिनन् । अर्थात् उनी मिस नेपाल भएको एक वर्षमै आफ्नो ताज छोडेर ज्योती अमेरिका भाँसिइन् । उनी अमेरिका गएपछि आयोजक समितिले उनको ताज खोसेर तत्कालीन दास्रो रनर अप निरु श्रेष्ठलाई मिस नेपाल घोषणा गरेका थियो ।

स्वेता सिंह — १९९९ की मिस नेपाल स्वेता सिंहलाई मिस नेपाल घोषणा गर्दा आयोजक संस्थाले धादली गरेको भनेर निकै आलोचना गरियो । स्वेता अहिले हरेक वर्ष हुने मिस नेपाल प्रतियोगीलाई प्रशिक्षण दिने गर्छिन् ।

उषा खड्गी — उषा खड्गी सन् २००० को मिस नेपाल प्रतियोगितामाा मिस नेपाल घोषित भइन् । मिस नेपाल भए लगत्तै उनी ग्लामरको क्षेत्रमा नै रमाइरहेकी छिन् । उनले कार्यक्रम प्रस्तोता जीपि तिमल्सीनासँग विवाह बन्धनमा बाँधिएकी हुन् । आफ्नो बुटिक पेशालाई अगाडि वबढाएर उनी चर्चामा छिन् ।

माल्भिका सुब्बा — माल्भिका सुब्बा अहिलेसम्म मिस नेपाल भएकाहरु मध्ये सबैभन्दा प्रतिभाशाली सुन्दरीमा गनिने गर्छिन् । उनी २००२ मा मिस नेपाल भएपछि थुप्रै काममा हात हालिन् । म्यूजिक भिडियो, कार्यक्रम सञ्चालिका, चलचित्र हुँदै फिल्म निर्माणको काममा समेत सक्रिय छिन् । हालै आमा बनेकी माल्भिका अहिले आइडिया स्टुडिया नामक कार्यक्रमको सञ्चालिका छिन् ।

प्रिति सिटौला — प्रिति सिटौला थोरै चर्चा पाउने मिस नेपालमा पर्छिन् सन् २००३ मा मिस नेपाल भएप्छि उनी केही म्यूजिक भिडियोहरुमा सक्रिय देखिइन् । करियर माथि उठ्न नसकेपछि उनी हाल अमेरिकामा बस्दै आएकी छिन् ।

पायल शाक्य — सन् २००४ की मिस नेपाल पायल शाक्य मिस नेपाल भएपनि खासै चर्चामा आउन भने सकिनन् । मिस नेपाल भएको दुई वर्षपछि नै पायल अष्ट्रेलिया उडिन् । अष्ट्रेलियामा लामो समय गुमनाम जीवन बिताइरेहकी उनी सन् २०१० मा गुठी अष्ट्रेलियाको सांस्कृतिक दूत भएकी छिन् । सुगारीका केसी — सुगारीका केसी सन् २००५ की मिस नेपाल हुन् । उनी राम्रै मिस नेपालमा गनिन्छिन् । मिस नेपाललाई प्रशिक्षण दिने काममा पनि उनको राम्रै योगदान रहेको बताइन्छ ।

सिताश्मा चन्द — सन् २००७ को मिस नेपालको ताज पहिरने सफल मिस नेपाल हुन् शितास्मा चन्द । ललितपूरकी सतिस्मा पनि मिस नेपाल भएको लामो समयसम्म टिकी रहन सकिनन् । खेलकुदमा केही समय सक्रिय रहेकी सिताश्मा एकाएक मिडियाबाट हराइन् ।

जेनिशा मोक्तान — जेनिशा मोक्तानले मिस तामाङ हुँदै सन् २००९मा मिस नेपालको ताज पहिरिइन् जेनिशा मोक्तानले । कुनै समय उनले मोडलिङमा खुब राज गरिन् । केही समयअघि मात्र जेनिशाले व्यवसायी डिकेश मलहोत्रासँग विवाह गरेकी हुन् ।

सदिक्षा श्रोष्ठ — सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ चर्चामा नै ,छिन् । चलचित्र र म्यूजिक भिडियोमा हात नहालेपनि उनको चर्चा विज्ञापन र सार्वजनिक कार्यक्रममा खुब हुने गर्छ । केही विज्ञापनमा मोडलिङसमेत गरेकी सदिक्षा फेसनको दुनियाँँमा सक्रिय छिन् ।

मलिना जोशी — धरानकी मलिना जोशी सन् २०११ मा मिस नेपाल भएपछि अभिनयमा लागेकी हुन् । उनको डब्यू फिल्म ‘ऋतु’ ले उनलाई सफलता दिलायो । केही म्यूजिक भिडियोहरुमा पनि काम गरिसकेकी मलिनाको केही समयमात्र द वीनर नामको चलचित्र प्रदर्शनीमा आएको थियो ।

सृष्टी श्रेष्ठ — सृष्टी श्रेष्ठ अहिलेसम्मकै चर्चित मिस नेपालहरुमध्येमा एक हुन् । चितवनकी रैथाने रहेकी सृष्टीले केही नेपाली र हिन्दी म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । म्यूजिक भिडियो पछि अभिनयमा लागेकी सृष्टीको पहिलो फिल्म गाजलुले त्यति सफलता हासिल गर्न भने सकेन । इशानी श्रेष्ठ(२०१३), सुबिन लिम्बु(२०१४), इभाना माानन्धर(२०१५) जस्ता मिस नेपालहरु मिस नेपाल भएपनि खासै चर्चामा आउन भने सकेनन् । अहिले धेरै सुन्दरी प्रतियोगतिाले गर्दा मिस नेपालको क्रेज घट्दो देखिन्छ । तर मिस नेपाल भएप्छि मिस वल्र्डमा भाग लिन पाउने र म्यूजिक भिडियोमा सजिलै जान पाउने हुनाले यसको स्थान अलि उच्च भएको मानिन्छ ।

Asmi Shrestha Ibhana Manandar Ishani Shrestha malbhika subba Miss Nepal Sumi Khadaka

विशेष