खेल

नेपाल सोलिडारिटी कपको फाइनलमा प्रवेश

नेपाल सोलिडारिटी कपको फाइनलमा प्रवेश
कात्तिक–२७ । नेपालले एसियाली फुटबल महासंघ ९एएफसी० सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । नेपाल लाओससँगको खेलमा निर्धारित समयमा २–२ को बराबरी भएपछि पेनाल्टि पाएको थियो । पनाल्टिमा नेपालका गोल्किपर किरण चेम्जोङले लगातार ३ पेनाल्टि प्रहार रोकेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित २ बजेर १५ बाट सुरु भएको खेलमा लाओसले खेलको १८ मिनेटमा १ गोल हानेको थियो । सुरुमा दवावमा खेलिरहेको नेपालले खेलको ४६ मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै खेल बराबरीमा पारेका थिए । त्यसपछिको समयमा निकै आक्रामक रुपमा प्रस्तुत भए पनि खेलको १०४ मिनेटमा नेपालका अनन्त तामाङले हेडिङबाट गोल गरेका थिए । त्यसपछिको समयमा लाओस निकै दवावमा परेको थियो । त्यसको लगत्तै लाओसले पनि पुनः गोल फर्काएको थियो । हेपिएको प्रतियोगिता भनिएको सोलिडारिटी कपमा नेपाललाई पहिलेदेखि नै उपाधिको दाबेदारी मानिएको थियो समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’को उपविजेता लाओस बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो । मलेसियाको कुचिङस्थित नेगरी स्टेडियममा यी दुई टोली फाइनलको लागि भिडेका हुन् । नेपाल र लाओस यसअघि एक पटक मात्र मैदानमा भिडेका थिए । गत २९ मेमा लाओसकै मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टोलीले १–१ को बराबरी खेलेको थियो । तर फिफा ¥याङकण्मा हेर्ने हो भने लाओस नेपालभन्दा पनि माथि रहेको छ । नेपाल १८६ स्थानमा छ भने लाओस ११ स्थान माथि १७५ स्थानमा छ । नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातोकु कोजी लाओसँगको प्रतिस्पर्धाको लागि टोली तयार रहेको बताउँछन् । नेपालको शुक्रबारको प्रशिक्षण वर्षात्ले प्रभावित भएको थियो । तर खेलाडीहरु पनि सेमिफाइनललाई लिएर उत्साहित भएका सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् । यस्तै मकाउ र ब्रुनाईपनि आजै साँझ ५ः १५ बजे सरावत स्टेडियममा भिड्दै छ ।  

विशेष