राशिफल

अाजकाे राशिफल

अाजकाे राशिफल
वि स २०७३ । कात्तिक । २८ । सन् २०१६ । ११ । १३ । अाइतबार । कात्तिक शुक्ल चतुर्दशी । गुरु नानक जयान्ती । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  (Aries) खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरले पछ्याए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। श्रमको मूल्य थोरै मात्र प्राप्त होला। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रयत्न गर्दा मनग्य लाभ उठाउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पढाइलेखाइमा प्रगति हुनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने मौका छ। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले निराश तुल्याउन सक्छ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

ajako rashifal

विशेष