खेल

पहिलो टेस्ट क्रिकेटमा विराट कोहलीको नयाँ रेकर्ड

पहिलो टेस्ट क्रिकेटमा विराट कोहलीको नयाँ रेकर्ड
कात्तिक २८ । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय कप्तान विराट कोहलीले एक रेकर्ड बनाएका छन् जुन शायद उनले चोहका थिएनन् । राजकोट टेष्टको चौथो दिन आदिल राशिदको बलमा ब्याटिङको क्रममा विराट हिट–विकेट आउट भएका हुन् । ४० रनमा खेलिरहेका विराट राम्रो लयमा देखिएका थिए । तर, राशिदको बलमा पुल गर्ने चक्करमा ब्याकफुटमा गए र खुट्टा विकेटमा लाग्यो । पछिल्लो १४ वर्षको अवधिमा टेस्ट क्रिकटमा हिट–विकेट आउट हुने विराट पहिलो भारतीय खेलाडी हुन् । यसअघि सन् २००२ मा भिभिएस लक्ष्मण पनि यसैगरी आउट भएका थिए । यस्तै विराट पछिल्लो ६७ वर्षमा यसरी आउट हुने पहिलो भारतीय टेस्ट कप्तान बनेका छन् । यसअघि १९४९ मा लाला अमरनाथ मद्रास टेस्टमा हिट–विकेट आउट भएका थिए । अमरनाथ १९७८ देखि ०८४ को बीचमा बसैभन्दा बढी तीन पटक हिट–विकेट आउट भएका थिए । टेस्ट क्रिकेटको एक सय ३९ वर्षको इतिहासमा यसरी आउट हुने विराट विश्वका एक सय ५५ औं तथा भारतका २२ औं खेलाडी हुन् ।

Test Cricket virat koholi virat koholiko naya record

विशेष