स्वास्थ्य

सरकारी अस्पतालमा नवजात शिशुको उपचार निःशुल्क हुने

सरकारी अस्पतालमा नवजात शिशुको उपचार निःशुल्क हुने
कात्तिक २८ । सरकारी अस्पतालहरुमा नवजात शिशुको उपचार निःशुल्क गरिने भएको छ । नवजात शिशु मृत्युदर कम गर्न स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाले निःशुल्क उपचारको व्यवस्था सुरु गरेको हो । महाशाखाका अनुसार २८ दिन भन्दा कमका नवजात शिशुको ५ हजारसम्मको उपचार निःशुल्क गरिएको हो । यसका लागि सबै जिल्लालाई दुई लाख बजेट विनियोजन गरिएको छ । जसमा कुनै पनि शिशुलाई अर्को अस्पताल रिफर गर्नुपर्ने गम्भीर अवस्थामा उसलाई न्यूनतम ३ सयदेखि ५ हजार रुपैयासम्म उपचार खर्च प्राप्त हुनेछ । महाशाखाका निर्देशक डा. डीपी विच्छाले भने ‘यो व्यवस्थाले अब कुनै पनि शिशुलाई गम्भीर प्रकृतिको समस्या देखिएमा उनीहरुले सरकारी बजेटमै शिशुको उपचार गर्न सक्नेछन् ।’ त्यसको लागि महाशाखाले पैसा शोध भरण (रि-इन्बर्समेन्ट) को व्यवस्था गरेको छ । सरकारले यसअघि नवजात शिशु मृत्युदर कम गर्न विपन्न वर्गका लागि न्युनतम तीन सयदेखि तीन हजारको उपचार खर्च व्यवस्था गर्दै आएको थियो । यसलाई परिमार्जन गर्दै सरकारले अब जन्मेको २८ दिनसम्मका सबै नवजात शिशुहरुलाई सबै सरकारी अस्पतालहरुमा पाँच हजारसम्मको उपचार निःशुल्क गरेका हो ।

child nabajat sisuko upachar nisulka sarkari aspatalbata nisulka upachar

विशेष