खेल

विश्वकप छनोट खेलमा इटली र स्पेनको शानदार जित

विश्वकप छनोट खेलमा इटली र स्पेनको शानदार जित
कात्तिक–२८ । रुसमा हुने विश्वकप २०१८ को छनोट चरण अन्तर्गत शनिबार राति इटली र स्पेन विजयी भएको छ । विश्वकपको युरोपियन छनोट चरणको समूह ‘जी’ अन्तर्गतको खेलमा इटलीले लिकटेन्स्टाइनलाई ४–० गोलको अन्तरले पराजित गएको हो । इटलीको लागि बेलोटीले ११ औँ मिनेटमा सुरुवाति अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै इमाबोलीले गोल गर्दै इटलीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि ३२ औँ मिनेटमा कान्ड्रिभाले गोल गरे भने ४४ औँ मिनेटमा पुनः बेलोटीले गोल गर्दै इटालीलाई पहिलो हाफमै ४–० को अग्रता दिलाए । त्यस्तै समूह ‘जी’ अन्र्तगतको अर्को खेलमा स्पेनले पनि म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गरेको छ । खेलको ३४ औं मिनेटमा म्यासेडोनियाका भेलोस्कीले आत्मघाती गोल गर्दा स्पेनले सुरुवाती अग्रता लिएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोसे हाफमा थप तीन गोल गर्दे सहज जित हात पारको हाे । दोस्रो हाफमा स्पेनका म्याचिन परेज , मोनरियल र एड्रियुचले समान एक एक गोल गरेका थिए । जितसँगै समूह जि मा स्पेन ४ खेलबाट १० अंक जोड्दै समूहको शिर्ष स्थानमा रहँदा समान खेलबाट समान १० अंक बटुलेको इटाली गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा रहेको छ ।

european qualifair Italy Spain World cup

विशेष