राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा हुने

कात्तिक - २८ । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ ।
प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछि पुस १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष दिवस चोङ्वाङले जानकारी दिए ।
पुस १९ गतेदेखि २३ गतेसम्म सदरमुकाम फुङलिङमा हुने प्रतियोगितामा तीन विभागीय र पाँच क्षेत्रीय टोलीको सहभागिता रहने चोङ्वाङले बताए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ३० हजार र द्धितीयलाई रु एक लाख ६५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
rastriya volleyball praiyogia
Taplejung
Volleyball