मनोरञ्जन

किन बिर्सन सकिनन् किमले पेरिसको त्यो घटना

किन बिर्सन सकिनन् किमले पेरिसको त्यो घटना
कात्तिक–२८ । चर्चित रियालिटी स्टार किम कार्द्शियन शारीरिक र मानसिक रुपमा कमजोर भएको विभिन्न आमसञ्चार र पत्रपत्रिकाले बताइरहेका छन् । किमले अहिले निकै नराम्रा सपना देखिरहेको मिडियाले उल्लेख गरेका छन् । गत महिना उनी बसेको अपार्टमेन्टमा लुटेराले हमला गरेर करोडौँ मूल्यको गहना चोरेका थिए । किममाथि यो घटनाले संसारभरका मिडियामा उच्च स्थान पनि पायो । बन्दुकधारीले किमलाई बन्धक बनाएर उनीसँग भएका करोडौ मूल्यका गहना चोरेका थिए । त्यसबेलाको घटना बिर्सन नसकेका कारण किम अहिले दैनिक रुपमा थेरेपिस्टसँग भेटिरहेकी तथा दैनिक मेडिटेसन गरिरहेकी छिन् । यतिमात्र होइन, किमले अहिले आफूलाई लो प्रोफाइलमा राखेकी छिन् । उनी आफ्नो घरबाट पनि बाहिर ननिस्किएको मिडियाले उल्लेख गरेका छन् । –एजेन्सी

Kim

विशेष