नेपाली राइनोजलाई उपाधि

कात्तिक–२९ । अमेरिकाको टेक्सासमाभएको टु एक्स क्रिकेट युएसएकपप्रतियोगितामा नेपाली राइनोजउपाधिविजेताभएको छ । फाइनलमा हस्टन स्पार्कलाई ५४ रनले हराएर उपाधिजितेको हो ।
टेक्सासको मोसा रंगशालमाभएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसहितको नेपाली राइनोजले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याएको हस्टन स्पार्कले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । नेपाली राइनोजकाशवन फाइन्डलीले ३तथापारस खड्का, सोमपालकामी र रुस्तीथ्रोनले समान२–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाली राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा१९७ रन बनायो । राइनोजकालागिपारस खड्काले ८ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक७७ रन बनाए । यस्तै शवन फाइन्डलीले नटआउट ६१, सुवास खकुरेलले ३२ रन बनाए ।
नेपाली राइनोज प्रतियोगिताको विजेताभएसँगै मिट्सुबिशीकार र ६० हजार अमेरिकी डलर पुरस्कार पाएको छ । यस्तै उपविजेताबनेको हस्टन स्पार्कले १८ हजार अेमेरिकी डलर पुरस्कार पाएको छ ।
acc cricket cup
Cricket
nepali rhinos club