खेल

बेल्जियम विश्व कप छनौट चरण समूहको अपराजित टोली

बेल्जियम विश्व कप छनौट चरण समूहको अपराजित टोली
कात्तिक–२९ । रुसमा हुने २०१८ विश्वकप फुटबलको छनौट चरणमा बेल्जियमले शानदार जित निकालेको छ । युरोपेली छनौटमा समूह ‘एच्’मा रहेको बेल्जियमले इस्टोनियामाथि ८–१ ले जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमकालागि रोमेलु लुकाकु र ड्राइज मार्टिनले २–२ गोल गरे । त्यस्तै इडेन हाजार्ड, मुनिर र कारास्गोले पनि १–१ गोल गरे । इस्टोनियाका रेञ्जर क्लाभानले आत्मघाती गोल गरेपछि बेल्जियमको ८ गोल पुग्यो । ८ औँ मिनेटमा मुनिरले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । इस्टोनियाको लागिभने हेनरी अनिरले मात्र एक गोल गर्न सके । समूहको अपराजित टोली बेल्जियमको ४ खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Belgium Belgium Football team

विशेष