मनोरञ्जन

अक्षयलाई समलिंगीको आरोप लागेपछि......

अक्षयलाई समलिंगीको आरोप लागेपछि......
कात्तिक - २९ । करण जौहरको सो ‘कफि विथ करण’मा अतिथिका रुपमा प्रस्तुत भएका अक्षय कुमार र ट्वीङकल खन्नाले एक अजिब रहस्य पर्दाफास गरेका छन् । axya भारतीय चलचित्र उद्योगमा अक्षय र ट्वीङकलको जोडिलाई आर्दश जोडि मान्ने गरिन्छ । ट्वीङकलसँग विवाह हुनभन्दा अघि अक्षयको प्रेम शिल्पा सेठ्ठी र रबिना टण्डनसँग समेत रहेको बताइन्छ । अक्षय र ट्वीङकलले बताएअनुसार अक्षयले ट्वीङकललाई उनको फिल्म ‘मेला’ को सुटिङमा व्यस्त भएको समयमा विवाहको प्रस्ताव राखेका थिए । फिल्म हिट हुन्छ भन्ने कुरामा उनी विश्वस्त थिइन् । तर, उनले अक्षयसँग फिल्म फ्लप भएमा मात्र विवाह गर्ने शर्त राखिन् । अन्त्यमा फिल्म फ्लप भयो र यी दुईले सर्त अनुसार विवाहको लगनगाँठोमा बाँधिए । यी दुईले विवाहमा सहमत जनाए पनि ट्वीङकलकी आमा डिम्पल कपाडिया भने यसको विरोधमा थिइन् । उनी विरोधमा लाग्नुको कारण एउटैमात्र थियो । उनी अक्षलाई गे(समलिंगी) ठान्थिन् । डिम्पलको कुनै पत्रकार साथीले अक्षय समलिंगी हुन् भनेर लाइदिएका थिए । डिम्पलको असमर्थनका कारण ट्वीङकल र अक्षयको एक वर्षसम्म विवाह भएन । उनीहरुलाई डिम्पलले एक वर्षसम्म ‘लिभ इन’ रिलेसनमा बस्न सुझाइन् । एक वर्ष ‘लिभ इन’ रिलेसनमा बसेपछि मात्र डिम्पलले विवाह गरिदिन मानेकी थिइन् । — एजेन्सी

Akchya Kumar Karan Jauhar Tweenkal Khanna

विशेष