स्वास्थ्य

सिटामोलको जथाभावी प्रयोग गरे के हुन्छ ?

सिटामोलको जथाभावी प्रयोग गरे के हुन्छ ?
सबैले धेरै प्रयोग गर्ने औषधिमध्य सिटामोल एक हो । मेडिकल वाफार्मेसीमा सजिलै पाइने हुनाले हामीले सानोतिनो समस्यामा पनि यसको प्रयोग गरिरहेका हुन्छौँ । sitamol एसिटामिनोफेन पनि भनिने सिटामोल हामीले दुखाइ र ज्वरो कमगर्न प्रयोग गर्ने गर्छौँ । यसको बारेमा थाहा पाइसकेकाले जसले पनि दुखाई वा ज्वरो भएमा सिधै सिटामोल ल्याउने गर्छन । तर सिटामोलको जथाभावी प्रयोग हानिकारक पनि हुन सक्छ । नेपाली बजारमा सामान्यतया ५०० मिलिग्राम डोजको पाइने सिटामोल ज्वरो घटाउन, टाउको दुखाइ कम गर्न, ढाड दुखाइ कम गर्न, घुँडा वाहड्डीको दुखाइ कम गर्न, अपरेसन पछिको दुखाइ कम गर्न प्रयोग हुने गर्छ । वयस्क मानिसले ६ घण्टाको अन्तरालमा दिनमा ४ पटक पनि प्रयोग गर्न सक्छ । बालबालिकाको निम्ती भने झोलको रुपमा रहेको सिटामोल पाइन्छ । बच्चाहरुको उमेर र तौल अनुसार डोजमा फरक पर्ने भएकाले चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ । कलेजोको समस्या भएको र रक्सी सेवनगर्ने विरामीको हकमाभने यसको डोजमा केहि कम गर्नु पर्ने हुन सक्छ । सिटामोललाई टुक्राउने र शरीरबाट फाल्ने काम कलेजोले गर्ने गर्छ । यदि कलेजोको कुनै रोग छ भने त्यो कामगर्न सक्दैन र सिटामोल शरीरमै जम्मा भएर बस्दछ । त्यसैले कलेजोको रोग भएको खण्डमा यसको डोज कम गर्नुपर्छ वाविकल्पमा अरु नै कुनै औषधि प्रयोग गर्नुपर्छ । साथै लामो समयसम्म रक्सी सेवन गरेका मानिसहरुमा पनि कलेजोको समय साहुन सक्छ । त्यस्ता विरामीहरुले पनि सिटामोल प्रयोग गर्नु अघि ध्यान पुराउनु पर्छ । यति मात्र नभई सिटामोलले अन्य समस्या पनि निम्त्याउन सक्छः -छालामा फोकाहरु आउने -वाकवाकीआउने, वान्ताआउने कलेजोमा समस्या -मृगौलामा समस्या सिटामोलको प्रयोगपछि यस्ता समस्या देखिएमा अस्पताल वा चिकित्सकसंग सम्पर्क गरिहाल्नुपर्छ । औषधि खानु अघि त्यसको एक्स्पाईरी मिती सकिएको छ कि छैन भनेर खोलमा हेर्नुपर्दछ र सकिएमा प्रयोग गर्नुहुदैन । औषधिलाई घाम, तातो र ओसीलो ठाँउमा राख्नहुदैन । औषधिलाई बच्चाको पहुँचबाट टाढै राख्नुपर्छ । यदि कसैले अधिकमात्रामा सिटामोलको सेवन गरेमा तुरुन्त अस्पतामला उपचारको निम्ती लैजानुपर्छ । डाक्टरको सल्लाह लिएर मात्र औषधीको प्रयोग गर्दा समस्याबाट बच्न सकिन्छ ।

sitamol

विशेष