स्वास्थ्य

काठमाडौँ र ललितपुरका निजी स्वास्थ्य संस्थामा मन्त्रालयद्वारा छापा, ५ क्लिनीकमा सिलबन्दी

काठमाडौँ र ललितपुरका निजी स्वास्थ्य संस्थामा मन्त्रालयद्वारा छापा, ५ क्लिनीकमा सिलबन्दी
कात्तिक - २९ । स्वास्थ्य मन्त्रालयले टोलीले साेमबार काठमाडौ र ललितपुरका ३४ वटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गरेकाे छ । अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच ओटा क्लिनीकलाई सिलबन्दी गरिदिएको छ । shil-bandi
स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी, सञ्चारकर्मीलगायतको टोलीले गरेको अनुगमनका क्रममा काठमाडौँका ४ वटा र ललितपुरको १ वटा क्लिनीकहरुमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौको टोलीले दर्ता नै नभएका बानेश्वरदेखि कोटेश्वरसम्म रहेका जागरण क्लिनीक, एसआरडी डाइनोष्टीक, लोकसेवा डेण्टल क्लिनीक र अपी डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको हो । विराज डेण्टलले भने बैधतासम्बन्धि कागजपत्र माग्दा केहीबेरमा ल्याउछु भनेर भागेकाले भोली फेरी माग्न जाने र नभएमा तालाबन्दी गरिने डा ओझाले बताए। त्यस्तै केही फार्मेसीहरुमा भने पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नबढेकाले पनि औषधी विक्रि गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण पनि मागिएको डा ओझाले जानकारी दिए । टोलीले मिनभवनमा रहेका सिमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्निम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, इएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पीटल र सुभ फार्मेसीमा अनुगमन गरेको हो । उनीहरुमा खासै समस्या नदेखिएको अनुगमन टोलीमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका उपप्रशासक डा युवराज पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको छ । दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव डा भवनाथ खतिवडाले जानकारी दिए। टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेश्नल हस्पीटल एण्ड रिसर्च सेण्टर, नेश्नल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनीक, द बेष्ट अप्टीकल, बेष्ट अल्का अप्टीकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्राली, सिम्रीक डेण्टल क्लिनीक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको डा खतिवडाले बताए । दुवै अनुगमन टोलीले क्लिनीक तथा फार्मेसीहरुमा दर्ता तथा नविकरण संवन्धी कागजपत्र, तोकिए अनुसारको आधारभुत मापदण्ड पुरा भए नभएको बारेमा जाँजबुझ गरेको थियो । काठमाडौँका धेरै क्लिनीक तथा फार्मेसीहरु आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाएका हुन् । उनले अनुगमनलाई तिव्रता र निरन्तरता दिईने तथा दोषीलाई कारबाही गर्न नछाडिने बताए । अनुगमन कार्य काठमाडौ उपत्यकामा मात्रै सिमित नगरी देशभरका अन्य ठाउहरुमापनि गरिने मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए।

Medical Shilbandi

विशेष