खेल

आरोही तथा धावक सञ्जय पण्डितलाई ‘द रिभर’ कम्पनीबाट सम्मान

आरोही तथा धावक सञ्जय पण्डितलाई ‘द रिभर’ कम्पनीबाट सम्मान
कात्तिक - २९। नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने कीर्तिमानी विश्व आरोही तथा धावक सञ्जय पण्डितलाई आज ‘द रिभर अफ कम्पनी’ले रु एक लाख ५० हजार सहित सम्मान गरेको छ । Nepali mountaineer and athlete Sanjay Pandit posing for a photo at the summit of Mount Kilimanjaro, highest peak of Africa, on Monday, December 21, 2015. He has made another record by climbing the peak backwards in 24 hours 40 minutes. Photo: RSS युवा व्यवसायी एवम् कम्पनीका अध्यक्ष रघु पुरीले उनलाई सम्मानपत्र एवम् उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । पुरी पूर्वाञ्चल क्षेत्रका चर्चित फुटबल खेलाडी हुन् । कार्यक्रममा पुरीले पण्डित जस्ता देशको झन्डा र नाम संसारभर फैलाउने साहसिक व्यक्तिलाई आफूले सदैव साथ दिने बताए । पण्डितले नेपालका सगरमाथा र मनास्लु तथा युरोप, अमेरिका र जापानका सर्वोच्च शिखरको सफल आरोहण गरिसक्नुभएको छ । उनले उल्टो हिँडेर हिमाल आरोहण गर्ने प्रथम विश्व पर्वतारोही हुन्। उनले अहिले अन्टार्टिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा छन् ।

Sanjya Pandit

विशेष