प्रवास

अमेरिका पढ्न जाने नेपालीको सङ्ख्यामा वृद्धि

अमेरिका पढ्न जाने नेपालीको सङ्ख्यामा वृद्धि
कात्तिक - २९ । संयुक्त राज्य अमेरिकाका क्याम्पस तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको सङ्ख्यामा अघिल्लो वर्षभन्दा १८.४ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानबारे आज जारी गरेको ओपनडोर प्रतिवेदनका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्यमा वृद्धि भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विश्वका विद्यार्थीको सङ्ख्यामा लगातार छ वर्षको गिरावटपछि यो वर्ष वृद्धि आएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो पटक सन् २०१५÷१६ को शैक्षिकसत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । यो अघिल्लो वर्षभन्दा सात प्रतिशतले बढी हो । यो शैक्षिकसत्रमा नौ हजार ६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ । रासस

America Study visa for america

विशेष