मकाउलाई जितेर नेपाली फुटबल टोलीले इतिहास रच्ला ?
कात्तिक ३० । नेपाली फुटबल टोली मंगलबार ऐतिहासिक मोडमा छ । एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको सोलिडारिटी कपको फाइनलमा मकाउसँग भिड्न लागेको नेपालले जित हासिल गरेमा त्यो ऐतिहासिक हुनेछ । किनभने नेपालले एएफसीको सदस्यता ६२ वर्ष भएको छ । यो अवधिमा एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिता नेपाली फुटबल टिमले जितेको छैन ।
सोलिडारिटी कपमा नेपालजस्तै मकाउ पनि अपराजित टिम हो । यो टिमसँग मंगलबार साँझ सवा पाँच बजे फाइन खेल हुँदैछ । मकाउ वितेका २० वर्षदेखि नेपाललाई कडा टक्कर दिने टोली पनि हो । मकाउसँग नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । जसमा नेपाल नै हावी भइरहेको छ । मकाउविरुद्धको खेलमा नेपालले ३ बिजयी एक बराबरी र एक पराजय व्यहोरेको छ ।
सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई टाइब्रेकरमा ३–० ले हराएपछि यतिबेला नेपाली टिमको मनोबल उच्च छ । नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि चुमिसकेको छ । वर्षको सुरुवातमा बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुदको उपाधिपछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो । मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो ।
nepali football toli