कभर स्टोरी

व्यथा उही कथा फरक भएका कम्लरी शान्ता र करोडपति सुजाता

व्यथा उही कथा फरक भएका कम्लरी शान्ता र करोडपति सुजाता

 

१८ बर्ष कम्लरी बसेकी शान्ता चौधरीलाई ०७० मा ब्रेष्ट र पाठेघरमा क्यान्सरको लक्षण देखियो । पूर्वसभासद्को हैसियतमा उनलाई राज्यले उपचार खर्च दियो ५ लाख । उनले ५ लाख मध्येबाट बचेको २ लाख ४ हजार राज्यलाई फिर्ता गरिन् । फिर्ता गर्न जाँदा उनलाई कर्मचारीले नै सुझाए, ‘यो रकमको खोजी हुँदैन । तपाईले राख्दा हुन्छ, आखिर तपाईलाई पैसाको समस्या छँदैछ ।’ उनले मार्मिक जवाफ फर्काइन्, ‘होस्, मर्नै लागे राज्यले बचाउँला, जनताको करको दुरुपयोग गर्दिन ।’

पैसा फिर्ता गर्न जाँदा उनी पैसाकै पिरलोले गाँजिएकी थिइन् । छोराछोरीको शुल्क तिर्न सकिरहेकी थिइनन् । उनलाई दुनियाँले मुर्ख भने तर उनी सहिरहिन् । त्यसयता उनी उपचारका लागि पटक पटक दिल्ली गइसकेकी छिन् तर उपचार खर्च लिनका लागि सिंहदरबार धाएकी छैनन् । उनी भन्छिन्, ‘सक्दै सकिनँ भने राज्यलाई गुहार्छु, अहिले जसोतसो जोहो गरिरहेकै छु ।’

शान्ताले उपचार खर्च फिर्ता गरेपछि उनले जनस्तरबाट ताली पाइन्, उनलाई माया गर्ने नेता र नजिककाबाट भने गाली पाइन् । ‘अरुलाई अफ्ठयारोमा पार्ने गरी पैसा फिर्ता गर्ने ? पैसा राखेको भइहाल्थ्यो नि ?’ केही नेताहरुले उनलाई सुझाएका थिए ।

अहिले त्यस्तै भएको छ । काँग्रेस नेतृ सुजता कोइरालाले उपचारका लागि ५० लाख लिएको विषय र शान्ता चौधरीले पैसा फिर्ता गरेको सन्दर्भ जोडेर सामाजिक संजालमा टिप्पणी आइरहेका छन् । शान्ता आफुलाई सुजतासँग जोडिएकोमा दुःख व्यक्त गर्छिन् । ‘सुजताजीको रोग के हो मलाई थाहा भएन, क्यान्सर सबै एकै किसिमको नि हुँदैन । स्तन नै काट्न पर्ने पनि हुन सक्छ । मलाई सुजताजीसँग जोड्दा मानविय संवेदनामाथि चोट पुग्छ ।’ नेपालआजसँग कुरा गर्दै शान्ताले प्रष्टिकरण दिइन् ।

सुजताको राजशी विरासत र ठाँटका कारण उनले लिएको रकममाथि नकारात्मक टिप्पणी भइरहेको छ । महिलाहरुले उनको रकमलाई लिएर कडा अभिव्यक्ति दिइरहेका छन् । बिमला शर्मा पौडेलले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको स्टाटस त भाइरल नै भएको छ ।

bimala-sharma

उनले एकै पटकमा लाखौँको सपिङ गरेको समाचारलाई धेरैले उदृत गरेका छन् । जर्मन नागरिकसँग विहे गरेकी सुजताले छोरा भेट्न जाँदा ०६४ सालमा गरेको लाखाैको सपिङका सम्बन्धमा नेपाल साप्ताहिकले समाचार बनाएको थियो । बंगलादेशी रुवेल चौधरीसँग बिहे गरेकी गर्भवती छोरीका लागि उनले झण्डै १० लाखको नेकलेस किनिदिएको, ३० हजारको लेडिज पर्स किनेको तथा पौने दुई लाखको गुची किनेको सन्दर्भले धेरैलाई अचम्मित तुल्याएको थियो । युरोप र अमेरिकाका अरबपतिको रोजाइमा पर्ने जर्मनको अति महङ्गो बजारमा गरिव देशकी महिलाको सपिङ धेरैका लागि अविस्वसनिय थियो ।

राजनीतिकरुपमा सुजताभन्दा कमजोर पृष्ठभुमी भएकाले पनि राज्यबाट सुविधा लिइरहेका छन् । तर, सुविधा लिँदा अपनाउनुपर्ने विधि र प्रक्रिया मिचिएकाले सुजताको आलोचना भइरहेको छ । सुजतालाई उपचार खर्च दिने प्रचण्ड सरकारको धज्जी नै उडेको छ । सुजताले नेपालमा चेकजाँच नगराइकन सिंगापुर रोजेकी हुन् । नेपालमै सम्भव हुने उपचारका लागि विदेश जानु नैतिक मानिदैन । अर्कोतर्फ विरामीको सामाथ्र्यले भ्याएसम्म सरकारले उपचार खर्च दिन मिल्दैन । सुजताको आर्थिक हैसियत करोडौँको छ जो एकै पटकमा दशौँ लाखको सपिङ गर्न सक्छिन् । उनलाई दिइएको पचास लाखको हिसावकिताव पनि हुनेछैन । र, यो पचास लाख पहिलो किस्ता मात्र भएको सिंहदरबार स्रोतको भनाइ छ ।

 

brest cancer Santa Chaudhary Sujata Koirala

विशेष