समाज

सांसद पाण्डेको निधनमा प्रधानमन्त्रीद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त

सांसद पाण्डेको निधनमा प्रधानमन्त्रीद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त

bhakti-panday

कात्तिक ३० । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती लगायतले सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आइतबार सााँझ उपचारको क्रममा निधन भएका पाण्डेको पार्थिव शरीरमा प्रधानमन्त्री दाहाल, माओवादीबाट मन्त्री बनेहरु, सांसद र नेताहरुले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगी पाण्डेलाई श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । दाहालले सांसद पाण्डेको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झन्डा ओढाएका थिए । त्यस्तै एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामूख सुवासचन्द्र नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गीरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नि सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्रराय यादव, चक्रपाणि खनाल, हिसिला यमी लगायतको उपस्थिति थियो ।

२०११ साल पुस ५ जन्मिएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसित थिए । सांसद पाण्डेको निधनप्रति माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै आफन्तजन, शुभेच्छुक र उनको परिवारजनमा धैर्यधारणका लागि अपिल गरेको छ । पाण्डेका एक छोरा र २ छोरी छन् ।

Bhakti Panday

विशेष