युवासंघले गर्यो बुढानिलकण्ठको सरसफाइ

कात्तिक - ३० । युवा संघ नेपाल जिल्ला कार्यकमिटीद्वारा काठमाडाैं बुढानिलकण्ठमा मंगलबार बिहान सरसफाइ अभियान सम्पन्न गरेको छ ।
हरिबोधिनी एकादशीको अवसरमा कात्तिक २५ देखि २९ गतेसम्म लागेको मेलामा भएको फोहोर युवासंघको अगुवाइमा व्यवस्थापन गरिएकाे हाे । उक्त सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेनाको सहभागिता रहेको युवासंघले जनाएको छ ।
सरसफाइ कार्यमा संकलन भएको करिब २ ट्रक फोहोर व्यवस्थापन गरिएको युवासंघका एक नेताले बताए ।
budhnilakantha ma sarsafai
Nepal Army
Nepal Police
youba sang nepal

