क्यानको विवाद मिलाउने जिम्मा पाण्डे र चौधरीलाई
कात्तिक ३० । नेपाली क्रिकेटको विवाद समाधान गर्न गठन भएको सल्लाहाकार समितिले विनयराज पाण्डे र बसन्त चौधरीलाई संयोजक तोकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टोली र ६ सदस्यीय नेपाली सल्लाहकार समूहको मंगलबार बसेको बैठकले पाण्डे र चौधरीलाई संयोजक तोक्दै विवाद समाधानको जिम्मेवारी दिएको सल्लाहकार समूहका प्रबक्ता रोहित दाहालले जानकारी दिएका छन् ।
विवाद समाधानका लागि विनयराज पाण्डेले विधान संशोधनको बारेमा र बसन्त चौधरीले कानुनी विषयमा सहमति जुटाउने जिम्मेवारी पाएका छन् । बैठकले पवनकुमार अग्रवाललाई सल्लाहकार समितिको सचिवको जिम्मेवारी दिएको छ ।
विवाद बढ्दै गएपछि आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो । विवाद मिलाउन आइसिसीको संजोजनमा गत असोज १९ गते ६ सदस्यीय सल्लाहकार समूह गठन गरेको थियो ।
bibad milauna can ma chaudhary ra pandeylai diyeyo
can
Cricket