समाज

वास्तविक पीडितकाे नाम सुचीमा छैन्

वास्तविक पीडितकाे नाम सुचीमा छैन्
कात्तिक ३० । अनन्तलिङ्गेश्वर नगरपालिका– १५ का भूकम्पपीडितले आफ्नो् नाम लाभग्राहीको सूचीमा छुटेको भन्दै आक्रोश व्यक्त गरेका छन् । भूकम्पबाट घर भत्किए पनि अनुदान पाउनेको सूचीमा नाम समावेश नगरेको भन्दै उनीहरुले भूकम्पीय आवास पुनःनिर्माण परियोजना जिल्ला आयोजना कार्यान्वयन एकाइ समक्ष नाम समावेश गर्न आग्रह गरेका छन् । “घर भत्किएर टहरामा बस्दै आएका छौँ, नाम कसरी छुट्यो ? यसको जवाफ चाहिन्छ,” पीडित सरिता कुँवरले भनिन् । अनन्तलिङ्गेश्वरकै नन्दु नगरकोटी पीडितको थप विवरण नआएसम्म आफ्नो वडामा अनुदान सम्झौता तथा रकम वितरण हुन नदिने बताउनुहुन्छ । यस्तै अनन्तलिङ्गेश्वर– १४ की मञ्जु थापाले लाभग्राहीको सूचीमा पीडितको नाम र थर फरक पारेको बताइन् । अनन्तलिङ्गेश्वर– १३ मा भूकम्पपीडितको जग्गा गुठीको नाममा रहेकाले अनुदान सम्झौता हुन सकेको छैन । पीडितलाई कुनै पनि बाहनामा अनुदान सम्झौताबाट पन्छाउन नहुने पीडितको भनाइ छ । अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले पीडितका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । गुनासो फारमको आधारमा छुटेका र कागजात नमिलेकासँग प्रक्रिया पुर्याएर पुनः सम्झौता गरिने उनको भनाइ छ ।

anantalingeswor nagarpalika Bhukampa Pidit

विशेष