मनोरञ्जन

करण भन्छन् : एश्वर्याले फिल्म रिजेक्ट गरेको भए 'ए दिल है मुश्किल' बन्ने थिएन

करण भन्छन् : एश्वर्याले फिल्म रिजेक्ट गरेको भए 'ए दिल है मुश्किल' बन्ने थिएन
एजेन्सी — ‘ए दिल है मुसश्कल’ ले १०० करोडको आँकडा पार गरेपश्चात निर्देशक करण जोहरको फिल्मी करियरले पनि फन्को मारेको छ । करणको यस अघिका फिल्मले १०० करोडको आँकडा पार गरेका थिएनन् । उक्त फिल्मबाट रणवीर कपुर र अनुष्का शर्माले आफ्नो प्रस्तुतिको निकै तारिफ पाए । त्यस्तै अभिनेत्री एश्वर्या राय जो फिल्ममा साम्बाको रोलमा खडा भइन् । उनी पनि दर्शकको प्रशंशाबाट चुकिनन् । एश्वर्याको सुन्दरता र उनले फिल्ममा दिएको प्रस्तुतिको फिदा हुने धेरै दखिए । बलिउडको एक प्रतिष्ठित म्यागजिनसँग गरिएको अन्तर्वातामा निर्देशक करण जोहरले फिल्ममा एश्वर्याको सबभन्दा महत्वपूर्ण योगदान भएको बताएका छन् । अनुष्का र रणबिरको रोलको लागि आफुले अन्य कलाकार पनि छनौट गर्न सक्ने तर साबाको रोलको लागि एश्वर्याबाहेक अरुलाई नलिने भएको करणले बताए । उनले भने, ‘यदि एशवर्याले फिल्मको लागि अस्विकार गरेकी भए मैले ए दिल है मुश्किल बनाउने थिइन ।’

aishwor rai e dil hey muskil Karan Johar

विशेष