मनोरञ्जन

प्रियंकालाई किन हुन्छ टेलिभिजनमा काम गर्न गाह्रो

प्रियंकालाई किन हुन्छ टेलिभिजनमा काम गर्न गाह्रो
कात्तिक - ३० । बलिउडकी बहुचर्चित अभिनेत्री प्रियंका चोपडा फिल्मी क्षेत्रमा अब्बल मानिन्छिन् । पछिल्लो समय भने उनी हलिउड फिल्म र केही टेलिभिजन कार्यक्रममा व्यस्त रहँदै आएकी छिन् । उमेरले ३४ लागि सकेकी यी नायिका भन्छिन् ‘फिल्ममा भन्दा टेलिभिजनमा काम गर्न गाह्रो र थकित भइने रहेछ ।’ प्रियंकाले हलिउड सिरिज ‘क्वान्टिको’बाट हलिउडमा डेब्यू गरेकी हुन् । उक्त सिरिजमा काम गर्दा निकै प्रेसर हुने र थकित भइने प्रियंकाले बताइन् । त्यसको लागि दिनको १६ घण्टा काम गर्नुपर्ने, हप्ताको पाँचदेखि छ दिनसम्म लगातार काम गर्नुपर्ने र एक दिनमा आठदेखि नौवटा सिनको सुटिङ गर्नुपर्ने हुँदा थकानले चुर भइने प्रियंकाले बताइन् । त्यसमा पनि आफू लिड रोलमा रहेकाले आफ्नो स्तरलाई व्यवस्थित गरिरहन गाह्रो हुने उनले बताइन् । ५० वटा फिल्ममा काम गरिसकेकी यी अभिनेत्री अब आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’मा देखिदैँ छिन् । एजेन्सी

flim priyanka chopda telivisoin

विशेष