खेल

राखेपमा नयाँ सङ्घ दर्ता

राखेपमा नयाँ सङ्घ दर्ता
कात्तिक - ३० ।  नयाँ सङ्घका रुपमा मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल फुटभली सङ्घ दर्ता भएको छ । ब्राजिलमा मुख्य कार्यालय रहेको फुटभली सङ्घको अध्यक्षमा मनिष जोशी रहेका छन् । सङ्घको उपाध्यक्षत्रयमा दामोदर अर्याल, राजु विक्रम थापा र अम्बिका शर्मा लामिछाने छन् । त्यसैगरी महासचिवमा दामोदर भट्टराई, सचिवमा प्रेम पौडेल र कोषाध्यक्षमा रमेश नापित छन् । सङ्घको सदस्यमा दीपकराज जोशी, राजाराम बुढाथोकी, कुमार बस्नेत, माधवप्रसाद त्रिपाठी, दीपककुमार केसी, पूर्णिमा श्रेष्ठ, लक्ष्मी कार्की, हरिकृष्ण महर्जन र वासु कार्की  छन् । उक्त सङ्घले राखेपमा दर्ता हुनु अगावै थाइल्यान्डमा भएको एसियन फुटभली च्याम्पियनसीपमा सहभागिता जनाउनुका साथै, नेपालमा नै दक्षिण एसियाली मैत्रीपूर्ण फुटभली प्रतियोगिता आयोजना गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए । उक्त सङ्घ राखेपमा १७० औँ सङ्घका रुपमा दर्ता भएको हो ।

naya sang darta RAKHEPA

विशेष