खेल

नेपालले गर्यो उपाधीको ह्याट्रिक, एएफसी सोलिडारिटी कपको उपाधी रक्षा

नेपालले गर्यो उपाधीको ह्याट्रिक, एएफसी सोलिडारिटी कपको उपाधी रक्षा
कात्तिक – ३० । एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले उचालेको छ । नेपाल र मकाउसँगको खेलमा नेपालले २९ मिनेटमा पहिलो गोल गर्न सफल भएको हो । सुजल श्रेष्ठले पहिलो गोल गर्दै सुरुवाती सफलता दिलाउन सफल भएका हुन् । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा नेपाली समयानुसार मङ्गलबार साँझ ५ः१५ बजे नेपालले विजय लक्ष्यका साथ मकाउको सामना गर्ने भएको हो । सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल र मकाउ अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यता मकाउले भने बु्रनाईलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । नेपाली फुटबल टोली मंगलबार ऐतिहासिक मोडमा छ । किनभने नेपालले एएफसीको सदस्यता ६२ वर्ष भएको छ । यो अवधिमा एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिता नेपाली फुटबल टिमले जितेको छैन । सोलिडारिटी कपमा नेपालजस्तै मकाउ पनि अपराजित टिम हो । मकाउसँग नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । जसमा नेपाल नै हावी भइरहेको छ । मकाउविरुद्धको खेलमा नेपालले ३ बिजयी एक बराबरी र एक पराजय व्यहोरेको छ । सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई टाइब्रेकरमा ३–० ले हराएको थियो । नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि चुमिसकेको छ । वर्षको सुरुवातमा बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुदको उपाधिपछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो । मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो ।

nepali football

विशेष