खेल

विजयी खेलाडीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा

विजयी खेलाडीलाई प्रतिव्यक्ति ३ लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा

afc-solidarity-cup-nepalaaja


मंसिर १ । एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् ।

‘हाम्रो खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेको छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’

मलेसियाको कुचिङमा सम्पन्न एएफसि सोलिडारिटी कपमा मकाउलाई १ शुन्यले हराउँदै नेपाली टोली विजेता बनेको थियो । यो विजयले नेपाली फूटबलमा ३७ वर्षदेखिको इतिहास तोडेको छ ।

afc solidarity cup

विशेष