आफ्नो पुस्तक विमोचनमा यस्तो भनिन् ट्वीङकल खन्नाले
एजेन्सी — ‘फन्निबोन्स’ नाम गरेको किताबको सफलता पछि बलिउड अभिनेत्री ट्वीङकल खन्नाले दोस्रो किताब बजारमा ल्याएकी छिन् । ट्वीङकलको सन् २०१५ मा निस्केको किताब ‘फन्नीबोन्स’ अत्याधिक मात्रामा बिक्री भएको थियो । उक्त किताबले ट्वीङकललाई सन् २०१५ कै ‘बेस्ट वोमन सेलर’ को उपाधि दिलाउन सफल भयो ।
उक्त सफलताले लेखनमा थप उर्जा बटुलेकी ट्वीङकलले हालै ‘द लेजेण्ड अफ लक्ष्मीप्रसाद’ नामक किताब बजारमा ल्याएकी हुन् । ट्वीङकलले आफ्नो किताबको पहिलो कपी आफ्नो बाल्यकालका मित्र करण जोहरलाई दिएकी छिन् । हिजो मंगलबार मुम्बाईमा ट्वङिकलको उक्त पुस्तकको विमोचन सम्पन्न भयो । पुस्तक विमोचन समारोहको होस्ट पनि करणले गरेका थिए ।
विमोचनामा कलाकार रणवीर कपूर, आलिया भट्ट, अक्षयकुमार, डिम्पल कपाडिया आदिको उपस्थिती रहे पनि कार्यक्रमको केन्द ्रबिन्दु भने ट्वीङकल नै थिइन् । पत्रकारहरुले फमिनिजमबारे उठाएका प्रश्नमा आपत्ति जनाउँदै ट्वीङलले भनिन्, ‘महिला पुरुषलाई बराबर व्यवहार गर्नुलाई फेमिनिजम भनिन्छ । मेरो विचारमा कसैले आफू फेमिनिस्ट होइन भन्यो भने तिनीहरु मूर्ख हुन् ।’
उनले थपिन्, ‘हामी महिलाहरु यो संसारमा आफ्नो ठाउँ खोज्नका लागि धेरै मेहनत गरिरहेका छौँ । तर, दुर्भाग्यवश त्यसको साँचो पुरुषको हातमा छ । पुरुषलेने हामीलाई कैद गरिदिन्छन् । अब हामीले आफ्नो बाटो आफै तय गर्नुपर्छ ।’