मनोरञ्जन

बैकमा नोट साट्न लाइन बसेकी युवती अर्धनग्न भएपछि...

बैकमा नोट साट्न लाइन बसेकी युवती अर्धनग्न भएपछि...
मंसिर १ । भारत सरकारले भारु पाँच सय र एक हजारको नोट अवैध घोषणा गरेपछि त्यहाँका बैंकहरुमा नोट साट्न लामो लाइन लाग्ने गरेको छ । यही लाइन लाग्ने क्रममा दिल्लीमा एक युवतीले हंगामा गरिन् । गत आइतबार दिउँसो एक २४ वर्षीया युवती नयाँ नोट साट्न लाइन बसेकी थिइन् । करिब ३ घन्टा लाइन बसिसक्दा पनि पालो नआएपछि उनी बेचैन बनिन् । एकाएक उत्तेजनामा आएर उनले आफूले लगाएको टिसर्ट फुकालिन् र हंगामा गरिन् । अर्धनग्न भएर होहल्ला गरेपछि त्यहाँ प्रहरी आएर स्थिति नियन्त्रणमा लिए । त्यसपछि प्रहरीको सहयोगमा ती युवतीको नोट १० मिनेटभित्रै साटियो । सो घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीले पनि घटनाको पुष्टि गर्दै घटनामा कसैलाई पक्राउ नगरिएको जनाएको छ ।

bank ma nangai youbati

विशेष