देश

एस्काभेटरले च्याप्दा एक प्रहरीकाे मृत्यु, दुई घाइते

एस्काभेटरले च्याप्दा एक प्रहरीकाे मृत्यु, दुई घाइते
मंसिर - १ । बागलुङको रायडाँडा गाविस सर्लेङमा एस्काभेटरले च्यापिदा एककाे मृत्यु दुर्ई घाइते भएका छन् । स्थानीय खड्कबहादुर थापाको ज्यान गएको हाे भने मिलन थापा र यामबहादुर थापा घाइते भएका हुन्। मंगलबार बेलुका सडक सफा गर्ने क्रममा एस्काभेटर सडकबाट झण्डै २ सय मिटर तल खस्दा स्थानीय खड्कबहादुरको घटनास्थलमै ज्यान गएको र दुईजना घाइते भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी पर्वतमा कार्यरत खड्का घर बिदामा गएका बेला दुर्घटनामा परेको स्थानीय लालबहादुर थापाले जानकारी दिए। जिल्लाको सिगाना हुँदै चापाखर्कबाट शाखा सडक मर्मत तथा सफा गर्ने क्रममा एस्काभेटर सर्लेङ गाँउमा लगिएकोे र पहिरो सफा गर्ने क्रममा दुर्घटना भएको बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

Baglung Excavator

विशेष