खेल

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विजयी
lionel-messi-nepalaaja-01
मंसिर–१ । रुसमा हुने २०१८ विश्वकपको छनौट चरणमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेकाे छ । अर्जेन्टिनाले कोलम्बियालाई ३–० ले हराएको हो । खेलमा लियोनल मेस्सी, लुकास प्राटो र डि मारियाले १–१ गोल गरे । १० मिनेटमा डिबक्स नजिकै पाएको फ्रि–किकको उपयोग गर्दै अर्जेन्टिनाका मेस्सीले टिमलाई अग्रता दिलाए । त्यस्तै २३ औँ मिनेटमा प्राटोले मेस्सीले दिएको पासमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । उनले उक्त गोलको भागिदार मेस्सी भन्दै मेस्सीलाई बधाई पनि दिएका छन् । यस्तै ८५ औँ मिनेटमा मारियाले गोल गरेपछि अर्जेन्टिनाले ३–० को अग्रता पाएको हो । १२ खेल खेलेको अर्जेन्टिना १९ अंकका साथ ५ औँ स्थानमा छ भने कोलम्बिया १८ अंकका साथ ६ औँ स्थानमा छ ।

Argentina Football Lionel messi

विशेष