समाज

एक लाखको ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना

एक लाखको ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना
मंसिर - १ । विकास निर्माणका पक्षमा कलम चलाउने जिल्लाका पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले खोटाङमा ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङसँगको सहकार्यमा जिल्ला विकास समितिले रु एक लाख बराबरको अक्षय कोष स्थापना गरेको हो । जिल्लामा प्रतिस्पर्धी र विकासमैत्री पत्रकारितालाई बढावा दिने उद्देश्यले विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । कोष खडा गर्न बुधबार जिविसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिविसका तर्फबाट स्थानीय विकास अधिकारी पाण्डे र महासङ्घका अध्यक्ष दमन राईले सम्झौतापत्रमा हस्ताक्षर गरे। गत फागुन २७ गते सम्पन्न २३ औँं जिल्ला परिषद्ले विकासप्रति प्रोत्साहित गर्न रु एक लाखबराबरको विकास पत्रकारिता कोष खडा गर्ने प्रस्ताव पारित गरेको थियो । जिविसले उपलब्ध गराउने रकम बैंकमा खाता खोलेर जम्मा गर्ने र आउने ब्याजबाट हरेक वर्ष विकास निर्माणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको महासङ्घका अध्यक्ष राईले जानकारी दिए ।

award Journalism press

विशेष