खेल

उरुग्वेको सुरुवाति अग्रता तोड्दै चिलीको जित

उरुग्वेको सुरुवाति अग्रता तोड्दै चिलीको जित
मंसिर–१ । रुसमा हुने विश्वकप २०१८ को छनौट चरण अन्तर्गत बुधबार भएको खेलमा चिलीले उरुग्वेलाई ३–१ गोलको अन्तर हराएको छ । खेलको १४ औँ मिनेटमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै इडिसन क्याभेनीले उरुग्वेलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्तिम तिर चिलीका इडुर्डो भार्गासले गोल गर्दै उरुग्वेको अग्रतालाई बराबरीमा ल्याएका थिए । दास्रो हाफमा भने एलेक्स सान्चेले दुई गोल गर्दै चिलीलाई जिताएका हुन् । उनले ६० औँ मिनेट र ७६ औँ मिनेटमा गोल गर्दै चिलीको जित ३–१ ले सुनिश्चित पारे । १२ खेल खेलेका चिली १९ अंकका साथ चौथो स्थानमा र त्यति नै खेल खेलेको उरुग्वे २३ अंकका साथ दास्रो स्थानमा छ ।

Chile Football Team World Cup Selection

विशेष