मनोरञ्जन

अाफूभन्दा ३ खान पछिः अक्षय

अाफूभन्दा ३ खान पछिः अक्षय
मंसिर–१ । बलिउडमा शालिन नायकको रुपमा चिनिने अक्षय कुमारले ३ खानमाथि गम्भीर आरोप लगाएका छन् । aamir-khan-shah-rukh-khan-salman-khan-akshay-kumar मदिरा नपिउने, पार्टीमा नजाने, राती चाडै सुत्ने, बिहान चाडै उठ्ने नायक अक्षय कुमारले निर्माता तथा निर्देशक करण जोहरको टक शो ‘कफि विथ करण’मा बलिउडमा आफू भन्दा ३ खान पछि नै रहेको बताए । उनले भने ‘यदि, चुरोट पिउन छाडे भने साहरुख, सलमान र आमिर मभन्दा अगाडि जान सक्छन् । उनीहरुको करिअर मेरो तुलनामा राम्रो हुनसक्छ । यस्तो गरेनन् भने उनीहरु भन्दा म नै अब्बल रहनेछु ।’ साहरुख, सलमान र आमिर मध्ये कसको स्टारडम अगाडि जान सक्ला भन्ने प्रश्नमा अक्षयले यस्तो जवाफ दिएका हुन् अत्याधिक चुरोट पिउने बलिउडका चर्चित नायक साहरुख खान अहिले भने परिवारको दबाबका कारण साहरुखले कम चुरोट पिउन थालेका छन् । उक्त शोमा अक्षयकी पत्नी ट्विंकल खन्ना पनि उपस्थित थिइन् । उनले अक्षय अनुशासनमा बस्ने बताइन् । कुनै पार्टीमा जानु अगाडि सिंगो परिवारले नै हजार पटक सोच्ने ट्विंकलको भनाई छ । तर, आफू र अक्षय राती तास खेल्ने ट्विंकलको भनाई थियो । उनले दुई जनाविच ४ लाखसम्मको बाजी परेको पनि बताइन् । १५ दिन चलेको अफेयरपछि बिहे भएको भन्दै ट्विंकलले १५ बर्ष पुरानो सम्बन्ध राम्रोसँग चलेको सुनाइन् । –एजेन्सी

akshya kumar Amir Khan salman khan Sarukh Khan

विशेष