देश

सीमा क्षेत्र विकास कार्यक्रम सुरु

सीमा क्षेत्र विकास कार्यक्रम सुरु
मंसिर - १ । भद्रपुर  जिल्लाका सीमाक्षेत्रका गाविस तथा नगरपालिकामा यस वर्षदेखि सीमाक्षेत्र विकास कार्यक्रम सुरु भएको छ । भारतीय सीमासँग जोडिएका भद्रपुर र मेचीनगर नगरपालिका तथा गौरीगन्ज, घेराबारी, केचना, खजुरगाछी, कोरोबारी, कुमरखोद, महाभरा, पथरिया, राजगढ, शरणामती, टागनडुब्बा, बाहुन्डागी, बनियानी, ज्यामिरगढी, पाठामारी र पृथ्वीनगर गाविसमा सो कार्यक्रम सुरु भएको हो । भद्रपुर नगरपालिका– १, ३, ५ र ७ वडा तथा मेचीनगर नगरपालिका– ८, १० र ११ वडामा सञ्चालन हुने उक्त कार्यक्रमका लागि जिल्ला विकास समितिले रु पाँच करोड १३ लाख ९३ हजार बजेट विनियोजन गरेको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । गाविसमा प्रतियोजना कम्तीमा पाँच लाखभन्दा बढी र नगरपालिकामा प्रतियोजना आठ लाखभन्दा बढी लागतका योजना छनोट गर्न सम्बन्धित गाविस र नगरपालिकालाई निर्देशन दिएको उनले बताए ।

Bhadrapur Sima Surchya

विशेष