खेल

नेपाली फुटबल टोली स्वदेश फर्किदै, नगर परिक्रमाको रुटसमेत तयार

नेपाली फुटबल टोली स्वदेश फर्किदै, नगर परिक्रमाको रुटसमेत तयार
मंसिर–१ । एएफसी सोलिडारिटी कप २०१६ को उपाधि जितेर नेपाली फुटबललाई ऐतिहासिक उपलब्धि दिलाएका नेपाली राष्ट्रिय फुटबल टोली बुधबार राति मिलान्दो एयरको जहाजबाट राति साढे ८ बजे नेपाल आइपुग्ने छ । नेपाल आए लगत्तै नेपाली टोलीलाई नगर परिक्रमा गराइने भएको छ । उपाधि जितेर नेपाली टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नगर परिक्रमा गराइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एयरपोर्टबाट निस्किएलगत्तै नेपाली टोलीलाई विजर्य यालीमा सहभागी गराइनेछ । एयरपोर्टबाट गौशाला–बत्तिसपुतली–मैतिदेवी–पुतलीसडक–घण्टाघर–शहिदगेट–त्रिपुरेश्वर–थापाथली–पुल्चोक–मंगलबजार–ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोबाटोमा पुगेर सम्पन्न हुनेछ । मंगलबार सम्पन्न फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाली टोलीले ऐतिहासिक रुपमा एएफसी सोलिडारिटी कपको उपाधि हासिल गरेको हो । नेपाली टिमलाई दिने नगद पुरस्कारलगायत अरु सम्मानबारे एन्फाको कार्यसमितिको बैठकले निर्णय गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले बताएका छन् । सरकारले भने नेपाली टिमलाई जनही ३ लाख दिने घोषणा गरिसकेको छ ।

Nepali Football Team Tribhuban Airport

विशेष