स्वास्थ्य

कतै तपाईँलाई पनि मधुमेह त भएको छैन ? यस्ता छन् लक्षण

कतै तपाईँलाई पनि मधुमेह त भएको छैन ? यस्ता छन् लक्षण
body_diabetes
पहिले–पहिले धनीको रोग भनिने मधुमेह (सुगर) आजभोलि गरिब देशका गरिब जनतामा पनि बढ्दै गएको छ । अस्तव्यस्त र तनावग्रस्त जीवनशैलीमा जटिल स्वास्थ्य समस्याको रुपमा मधुमेहलाई पनि चिनिन्छ । दीर्घकालीन रुपमा लाग्ने रोग मधुमेह मानिसको आहार, विहार, रहन, सहन आदिका कारणले संसारभरि नै दिन प्रतिदिन बढ्दै गइरहेको छ । मधुमेहमा रगतमा ग्लुकोजको मात्रा हुनुपर्ने भन्दा बढी भई शरीरको महत्वपूर्ण अंगहरुलाई क्षति पुग्दछ । मधुमेह विशेष गरि इन्सुलिनको कमी वा इन्सुलिनले काम गर्न नसक्दा हुने रोग हो । शरीरमा इन्सुलिनको कमी भएमा शरीरले ग्लुकोजलाई प्रयोग र संचय पनि गर्न नसक्ने हुँदा रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । जसलाई मधुमेह भनिन्छ । यो रोगलाई चिन्नु पनि जरुरी छ । समयमै आफूलाई मधुमेह रोग लागे नलागेको थाहा भए उपचार गरेर छिटो निको हुन सक्छ । यसका केही लक्षणहरु यस्ता छन्ः
► पिसाब धेरै पटक लाग्नु ► पिसाबमा कमिलाहरु लाग्नु ►तिर्खा बढी लाग्नु ► भोक बढी लाग्नु ► शरीरको तौल एक्कासी घट्नु ► धेरै कमजारी हुनु ► मुख सुख्खा र गुलियो हुने ►जिब्रो, दाँतमा मैलो जमिरहने –एजेन्सी

diabetes Sugar Disease in nepal

विशेष