खेल

मेस्सीले बार्सिलोना छोड्लान त ?

मेस्सीले बार्सिलोना छोड्लान त ?
lionel-messi-injury-return-barcelona
मंसिर–१ । फुटबलका सुपरस्टार अर्थात् अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना क्लब छोड्ने बताइएको छ । नयाँ सम्झौता बारे उनले निर्णय केहि नदिएको र बार्सिलोनाले पनि मेस्सी सम्झौता गर्न नचाहेको स्पेनिस पत्रिका मार्काले बताएको छ । खेलाडीका सम्मोनयकर्ता अनुसार मेस्सी यस विषयमा केही भन्न चाहँदैनन् । मेसीले गत जुलाईमा पत्नी एन्टोनिला, दुई छोरा र पत्नीका आफन्तहरुसँग छुट्टि मनाउन इबिजामा गएका बेलानै बार्सिलोना छोड्ने मनस्थिति बनाएका थिए । बार्सिलोना छोड्न मेसीले आफ्ना एजेन्टसमेत रहेका बाबु जोर्जेलाई बार्सिलोना क्लबका अध्यक्ष जोसेफ मारियासँग कुरा गर्न लगाएका थिए । बार्सिलोनासँग सन् २०१८ जुन ३० सम्म पुरानो सम्झौता मेस्सीको सम्झौता रहेको छ । मेस्सीले बार्सिलोनाबाट प्रतिसाता ३ सय ३१ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउने गरेका छन् । मेसीसँग बार्सिलोनाले नयाँ सम्झौता गरेपनि गत जुलाईमै अस्वीकार गरेको बताइएको छ । मेसीले बार्सिलोना छोड्ने खबर सुनेपछि आश्चर्यचकित भएका बार्सिलोनाका अध्यक्ष जोसेफ मारियाले निर्णयमा पुनविचार गर्न भनेका छन् । मेसी १३ वर्षको उमेरमै बार्सिलोनामा आबद्ध भएका थिए । –एपी÷मार्का

Leion Messi

विशेष