मनोरञ्जन

ऐश्वर्याको हट सिनले सासू जया बेखुश

ऐश्वर्याको हट सिनले सासू जया बेखुश

jayaहालसालै रिलिज भएको फिल्म ए दिल हे मुश्किलमा बलिउड अभिनेत्री ऐश्वर्यौ रायले अभिनेता रणविर कपुरसँग इन्टिमेट सिन दिएकी छिन । उक्त दृश्यमा उनले रणबीरसँग ओठ जोडेर चुम्बन गर्नुपर्ने माग कथाले गरेको भन्दै निर्देशक करण जौहरले यसका निम्ती तयार रहन ऐश्वर्यालाई भनेका थिए । तर उनले अनस्क्रिन किस गर्न आफू तयार नरहेको बताएपछि एउटै चकलेट लुछाचुँडी गर्दै खाएको हट दृश्य सुट गरेर जौहरले चित्त बुझाउनुपर्यो ।

फिल्म सार्वजनिक भएपछि फिल्मका केही दृश्यमा ऐश्वर्याले उत्तेजक मुद्रामा आफूलाई प्रस्तुत गरेको भन्दै भारतीय समाचारमाध्यममा टिप्पणी भयो । यसले फिल्मलाई ठूलो चर्चा पनि दिलायो तर यहि विषयमा ऐश्वर्याको घरमा सासू जया बच्चनसँग ठाकठूक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Jaya bachhan

विशेष