मनोरञ्जन

सञ्जय लीला भन्सालीको बारेमा यस्तो भने रणवीर सिंहले

सञ्जय लीला भन्सालीको बारेमा यस्तो भने रणवीर सिंहले

ranveer एजेन्सी — बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीको बारेमा अभिनेता रणवीर सिंहले मुख खोलेका छन् । सञ्जय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गोलियो की रासलीला रामलीला’ मा काम गरेका रणवीर उक्त फिल्म खेलेदेखि अभिनयप्रति भएको धारणा बदलिएको र कलाकारको रुपमा उदाउन सकेको बताउँछन् ।

आफूले कलाकारितालाई बुझ्न सक्नु र राम्रो कलाकारको रुपमा स्थापित हुनुको सम्पूर्ण श्रेय रणभीरले निर्देशक सञ्जय लीला भन्सालीलाई दिएका छन् ।

यही डिसेम्बर ९ मा रिलिज हुन गईरहेको फिल्म ‘बेफिक्री’ को ‘यु एण्ड मी’ बोलको गीत सार्वजनिक गर्ने क्रममा उनले यो कुरा खुलाएका हुन् । सञ्जयसँग काम गरेर आफ्नो अभिनय गर्ने शैलीमा धेरै परिवर्तन आएको उनको ठम्याई छ ।

फिल्म ‘बाजिराओ मस्तानी’ पछि रणवीर फेरि सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्माभती’ मा देखिदैँ छन् ।

Ranveer Kapur

विशेष