मनोरञ्जन

म गर्भवती भएको छैन : बिपाशा

म गर्भवती भएको छैन :  बिपाशा

एजेन्सी — सेलिब्रेटिका स–साना कुरा पनि समाचार बनिदिन्छन् । प्रेम भएदेखि विवाह र हनिमुनसम्मको समाचार निरन्तर सञ्चारमाध्यममा छाइरहेका हुन्छन् । तर कहिलेकाँही अन्दाजको भरमा पनि समाचार बन्दा सेलिब्रेटि वाक्क दिक्क हुन्छन् । सन्दर्भ हो बलिउड अभिनेत्री बिपाशा बासुको, जो केही समयअघिमात्रै अभिनेता करण सिंह ग्रोभरसँग विवाह बन्धनमा बाँधिइन् ।

केही दिनयता बिपाशा गर्भवती भएको कुरा मिडियामा सनसनी छाएको थियो । समाचारले व्यापक रुप आएपछि अनन्त बिपाशाले यसबारे मुख खालेकी छिन् । यसबारेमा बोल्दै उनले आफू अहिले गर्भवती नभएको स्पष्टिकरण दिइन् ।

यसकासाथै आफूमा तत्काल आमा बन्ने सोच नभएको उनले बताइन् । गत साता बिपाशा श्रीमान करनसिंह ग्रोबरसँग महिला रोग विशेषज्ञसँग परामर्श लिन गएको अवस्थामा फेला परेपछि उनलाई गर्भवती भएको अनुमान लगाइयो । त्यसपछि समाचारहरु प्रकाशन हुन सुरु भएको थियो ।

अनावश्यक रुपमा समाचार बनेकोमा आपत्ति जनाउँदै बिपाशाले बच्चा जन्माउने जस्तो घरायासी विषयमा मिडियाले चासो नराखिदिए हुने बताएकी छिन् ।

Bipasa Basu

विशेष